चैत ४, रामेछाप । सर्वोच्च अदालतले पार्टी ब्यूँताएपछि नेकपा एमाले नेपाल समुह रामेछापका अध्यक्ष शान्ति पौडेलले पार्टीको आधिकारिक अध्यक्ष आफू नै रहेको दावी गरेका छन् ।
पार्टीलाई एकताबद्ध बनाएर लैजानको लागि पुरानो कमिटीलाई निरन्तरता दिनुको विकल्प नभएको पौडेलले बताए ।
पार्टी ब्युँतिएपछि जिल्लाको पार्टी कार्यालय उदघाटन गर्न कार्यक्रममा सहभागी भएपनि पौडेलाई ओली समुहले जिल्ला पार्टीको अध्यक्षको हैसियत भने दिएको थिएन ।
२०७५ जेठ ३ अघि पार्टी विघटन हुनुपूर्व पौडेल नै एमाले रामेछापको निर्वाचित अध्यक्ष रहेका थिए । पार्टी विघटन गर्दै एमाले र माओवादी विघटन गरेर बनेको नेकपा गठन हुँदा उनी रामेछापको सचिव रहेका थिए । अदालतले नेकपा खारेज गरेपछि नेकपा एमाले ओली समुहले नेकपा रहँदै नयाँ गठन गरेको जिल्ला कमिटीको अध्यक्ष र सचिवलाई निरन्तरता दिएको थियो ।
ओली समूहले नेकपा दुई समुहमा विभाजित भएपछि रामेछापको अध्यक्षमा आनन्द श्रेष्ठ र सचिवमा पुरोषत्तम कडेरियालाई चयन गरेको थियो । सोही कमिटीलाई नै अहिले निरन्तरता दिएपछि जिल्लामा एमाले नेपाल समूहले समानान्तर कमिटी गठन गर्ने तयारी गरेको छ ।
बुधबार ४ चैत्र, २०७७