आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

दश बुँदेको आधारमा अघि बढ्ने रामेछाप एमालेको निर्णय


दश बुँदेको आधारमा अघि बढ्ने रामेछाप एमालेको निर्णय

सुनौलो रामेछाप


भदौ २१, रामेछाप । नेकपा (एमाले) रामेछापको पदाधिकारी बैठकले पार्टीलाई दश बुँदे सहमतिको आधारमा अघि बढाउने निर्णय गरेको छ ।

आज बसकेको पदाधिकारी बैठकले दश बुँदे सहमतिलाई जिल्लादेखि वडा कमिटीसम्म लागू गर्ने निर्णय गरेको पार्टी सचिव आनन्द श्रेष्ठले जानकारी दिनुभएको छ ।

लामो समयदेखिको अन्तरसंघर्ष र अन्तरविरोधलाई समाधानको लागि भएको प्रयत्नको बाबजुत केही नेता र कार्यकर्ता पार्टीबाट बाहिरिएका भन्दै उहाँहरुलाई पार्टीमा ल्याउन प्रयत्न गर्ने पनि पदाधिकारी बैठकले निर्णय गरेको उहाँले बताउनुभएको छ ।

नेकपा (एमाले) रामेछापका इन्चार्ज कैलाशप्रसाद ढुंगेलको प्रमुख आतिथ्यतामा भएको पदाधिकारी बैठकले दश बुँदेलाई वडा तहसम्म लैजान निर्णय गरेको उहाँले बताउनुभयो ।  

यस अघि एमालेबाट माधव नेपाल पक्षमा लागेको कारण जिम्मेवारी खोसिएका पार्टी अध्यक्ष शान्तिप्रसाद पौडेल पार्टीेको मूलधारमा फर्किएपछि पार्टी अध्यक्षको हैसियतले सोमबारको पदाधिकारी बैठकमा सहभागी हुनुभएको छ । पार्टी निर्णय अनुसार उहाँको अध्यक्षतामा बैठक भएको सचिव श्रेष्ठले बताउनुभयो ।

पौडेल नेपाल पक्षमा लागेपछि पार्टी अध्यक्षको जिम्मेवारी श्रेष्ठले सम्हाल्नुभएको थियो । उहाँ पार्टीमा फर्किएपछि श्रेष्ठ सचिवको जिम्मेवारीमा फर्कनुभएको छ । एमाले रामेछापको अध्यक्षमा पौडेल हुनुहन्छ भने उपाध्यक्ष, सचिव र उपसचिवमा क्रमश प्रेमबहादुर तामाङ, आनन्द श्रेष्ठ र झम्क कँडेल हुनुहुन्छ ।

पदाधिकारी बैठकले यही भदौ २६ गते जिल्ला कमिटीको बैठक बोलाउने निर्णय गरेको पनि उहाँले बताउनुभयो । २६ गतेको बैठक पछि पार्टीका थप कामलाई अघि बढाउने श्रेष्ठको भनाइ छ ।
 

सोमबार २१ भाद्र, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट