आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा नियुक्त भए श्रेष्ठ  


प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा नियुक्त भए श्रेष्ठ  

सुनौलो रामेछाप


भदौ २५, रामेछाप । बागमती प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्ष सहित सदस्यहरु नियुक्त गरेको छ । आयोगको उपाध्यक्षमा डा. जगतबहादुर बस्नेतलाई नियुक्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले सिन्धुपाल्चोक मेलम्चीका बस्नेतलाई उपाध्यक्ष नियुक्त गरेको हो ।

त्यस्तै आयोगका सदस्यहरुमा रामेछापका ज्ञानकुमार श्रेष्ठ, काठमाडौंकी निलम ताम्राकार र नुवाकोटका रामशरण प्याकुरेल नियुक्त भएका हुन् ।
नवनियुक्त योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरुलाई मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज पद तथा गापनीयताको सपथ गराएकी छन् ।

सदस्यमा नियुक्त भएका श्रेष्ठ खाँडादेवी गाउँपालिकाका एमाले रामेछापका नेता हुन् । उनी २०५४ मा तत्कलिन भिरपानी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । त्यसैगरी प्याकुरेल एमालेका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुन् भने नुवाकोट आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष छन् । उनी शिक्षा तथा योजनाविद पनि हुन् ।

बस्नेत लामो समयदेखि भूमि अधिकारको क्षेत्रमा क्रियाशील अभियन्ता हुन् । उनी गुठी तथा भूमि सम्बन्धका विज्ञ हुन् । 
नवनियुक्त आयोगका उपाध्यक्ष र सदस्यहरुले शुक्रबारनै कार्यभार सम्हालेका छन् । 


 

शुक्रबार २५ भाद्र, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट