बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

नेकपा यही मात्र हो, अर्को नेकपा हुन सक्दैन: नेता श्रेष्ठ


नेकपा यही मात्र हो, अर्को नेकपा हुन  सक्दैन: नेता श्रेष्ठ

सुनौलो रामेछाप


माघ ६, रामेछाप । दुई तिहाई बहुमत दिँदा समेत प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान र गणतन्त्र नै नचाहिएको हो भनेर नेकपा प्रचण्ड–नेपाल समुह रामेछापका केन्द्रीय सदस्य एवं रामेछापका सह–इन्चार्ज श्याम कुमार श्रेष्ठले बताएका छन् । 

पार्टीलाई विधि र पद्दतीमा चलाउन तीन लालको जिल्ला रामेछापले चाहेको बताउँदै नेता श्रेष्ठले अराजक ढंगले पार्टी चल्न नसक्ने बताए । 

‘ओलीलाई अहिलेको संविधान, गणतन्त्र समावेशी समानुपातिक लोकतन्त्र केही पनि चाहिएको छैन’, उनले भने, ‘दुई तिहाई मत दिएर जनताले पठाए, अहिले अर्को नौटंकी गरेर संसद विघटन गरेर चुनावको घोषणा गर्नुभएको छ ।’

ओलीले अहिले भईरहेको दुई तिहाई बहुमतको दुरुपयोग गरेर अहिले पुनः दुई तिहाई चाहिएको भन्दै चुनावको घोषणा गरेर नेपाली जनताको त्याग र वलिदानबाट प्राप्त अहिलेको उपलब्धिमाथि नै धावा बोलेको बताए ।

बेथानको पानी मोर्चा, गंगालाल पुष्पलाल कृष्णलाल, दोरम्बा हत्याकाण्डका सहीदहरुलाई याद गर्दै नेता श्रेष्ठले भने, ‘नेकपा यही मात्र हो, अर्को नेकपा हुन सक्दैन, विदेशीको इशारामा कोही चोइटिएर जान्छन भने भीरमा लडने गोरुलाई राम राम भन्न सकिन्छ, काँध हाल्न सकिँदैन ।’ 
 

मंगलवार ६ माघ, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट