असोज ८, रामेछाप । रामेछापवासी नागरिकको सहज रुपमा सेवा प्रवाह गर्न आएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले बताएका छन् । उनले नागरिकहरुलाई सकेसम्म गाउँघरमै सेवा प्रवाह गर्ने गरी कार्यक्रम बनाउने बताउँदै स्थानीय तहसम्म समन्वय गरेर काम गर्ने बताएका छन् ।
बजार अनुगमनको कामलाई नियमित रुपमा सञ्चालन गर्ने र कानुन विपरीत काम गर्नेमाथि कडा कारवाही गरिने बताए । जिल्लाको वस्तुस्थितिको बारेमा आफूले अध्ययन गरिरहेको बताउँदै प्र.जि.अ पहाडीले नागरिकलाई जतिसक्दो छिटो र सहज ढंगले सेवा प्रदान गर्ने कार्यमा आफूले भूमिका खेल्ने बताए ।
शुक्रबार ८ आश्विन, २०७८