असोज ९, रामेछाप । नेकपा (एकीकृत समाजवादी)पार्टी रामेछापको जिल्ला अध्यक्षमा रमेश बस्नेतलाई चयन गरिएको छ । आज मन्थलीमा भएको पहिलो जिल्ला कमिटी भेलाले बस्नेतको अध्क्षतामा २ सय ९१ सदस्यीय समिति गठन गरेको हो ।

त्यस्तै गरि कमिटीको उपाध्यक्षमा धनलाल योन्जन र रामबहादुर बुढाथोकी एंव सचिवमा लालसिंह घिसिङ चयन भएको नेकपा (एकीकृत समाजवादी)का नेता होम बुढाथोकीले जानकारी दिएका छन् ।
शनिबार ९ आश्विन, २०७८