बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

रामेछाप: एमालेले बढाए साढे ४ हजार संगठित सदस्य


रामेछाप: एमालेले बढाए साढे ४ हजार संगठित सदस्य

सुनौलो रामेछाप


कात्तिक २, रामेछाप । नेकपा (एमाले) रामेछापले पार्टीको संगठित सदस्यको संख्या बढाएको छ । 
६ हजार संगठित सदस्यहरु बढाएर साढे दस हजार पुर्याएको हो । आठ स्थानीय तह र ६४ वडामा एमालेको संगठित सदस्यको संख्या साढे दश हजार पुगेको हो । 

एमाले रामेछापका सचिव आनन्द श्रेष्ठका अनुसार संगठित सदस्यता वितरण र नविकरणको काम सम्पन्न भएर अब वडा अधिवेशनको लागि जुटेको बताउदै दस हजार पुर्याउने लक्ष्य राखिएकोमा साढे दस हजारको संख्यामा सदस्यता वितरण गरिएको बताए ।

एमालेले माओवादी परित्याग गरेर आएका र नयाँ संगठित सदस्यता वितरण गरी साढे चार हजारको संख्यामा बढेको बताएको छ । तत्कालिन एमाले र माओवादीबीच पार्टी एकता हुनु अघि रामेछापमा एमालेको संगठित सदस्यहरुको संख्या ६ हजार रहेको थियो ।
 

मंगलवार २ कार्तिक, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट