आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

रामेछाप लिखु गाउँपालिकाको अध्यक्षमा तामाङ चयन


रामेछाप लिखु गाउँपालिकाको अध्यक्षमा तामाङ चयन

सुनौलो रामेछाप


कार्तिक २५, रामेछाप । नेकपा (एमाले) रामेछापको लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा भीमबहादुर तामाङ चयन भएका छन् । 
लामो समय पश्चात आज उनी नेतृत्व चयन भएको हो । कात्तिक ९ र १० गते नै नेतृत्व टुङ्गो लाग्नुपर्ने भएपनि आकांक्षी धेरै हुँदा अधिवेशन सरेको थियो ।
हिजो र आज बिहानसम्म भएको छलफलले उनलाई अध्यक्षमा चयन गरेको हो । एमाले प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीका अनुसार सचिवमा सुवाश बोहोरा चयन भएका छन् ।

उपाध्यक्षमा केशरबहादुर पौडेल र उपसचिवमा लिलाबहादुर बस्नेत र निङ्मार तामाङ चुनिएका छन् । अध्यक्षका लागि भीमबहादुर तामाङ, दुर्गाबहादुर श्रेष्ठ, केशरबहादुर पौडेल र शिवप्रसाद न्यौपानेले दाबी गरेका थिए । तर, निरन्तरको छलफलपछि तामाङको अध्यक्षमा ७५ सदस्यीय गाउँपालिका कमिटी गठन भएको हो ।
 

बिहीबार २५ कार्तिक, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट