बिहीबार १ आश्विन, २०८३ (Thursday September 17, 2026)

मन्त्री आले रामेछाप आउँदै


मन्त्री आले रामेछाप आउँदै

सुनौलो रामेछाप


कार्तिक २८, रामेछाप । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले रामेछाप आउनुहुने भएको छ । 
रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ७ गाल्पा बजारमा कात्तिक ३० गते हुन लागको कार्यक्रमलाई सम्बोधन गर्न उहाँ रामेछाप आउन लाग्नुभएको नेकपा (एकीकृत) समाजवादीका जिल्ला सचिवालय सदस्य अरुण मगरले जानकारी दिए ।

उक्त दिन वडा नं ७ को वडा अधिवेशन तथा वृहत् साँस्कृतिक कार्यक्रम हुने’, मगरले भने । उक्त कार्यक्रममा मन्त्री आले सहित नेकपा एसका केन्द्रीय पोलिटव्युरो सदस्य देवशंकर पौडेल, होम बुढाथोकी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा राष्ट्रिय कलाकार सुबोध गौतम, विन्दा परियार लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने बताए ।
 

आईतवार २८ कार्तिक, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट