कात्तिक ३०, रामेछाप । रामेछाप नगरपालिकाले दुई वटा एम्बुलेन्स वडालाई हस्तान्तरण गरेको छ ।
बिरामीलाई अस्पताल लैजान समस्या सृजना भएपछि रामेछाप नगरपालिकाले दुई वटा एम्बुलेन्स खरिद गरेर वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । नागरिकले सहज रुपमा अस्पतालसम्म पुग्न सहज होस भनेर नगरपालिकाले एम्बुलेन्स खरिद गरेर वडा कार्यालयलाई बुझाएको हो ।
आज भएको कार्यक्रममा नगरपालिकाका नगरप्रमुख नरबहादुर थापा मगर र उपप्रमुख सृजना खड्काले वडा नम्बर १ गोठगाउँ र वडा नम्बर ५ रामपुरलाई हस्तान्तरण गरेका हुन् ।
नागरिकहरुले एम्बुलेन्सको अभावमा ज्यान गुमाउन नपरोस भनी दुई वटा एम्बेलेन्स खरिद गरेर हस्तान्तरण गरिएको नगर उप्रमुख खड्काले बताए ।

मंगलवार ३० कार्तिक, २०७८