बुधबार ३ असार, २०८३ (Wednesday June 17, 2026)

दोस्रो माझी गोल्ड कप आजदेखि सुरु हुदैँ


दोस्रो माझी गोल्ड कप आजदेखि सुरु हुदैँ

सुनौलो रामेछाप


मंसिर १५, रामेछाप । रामेछापको मन्थली नगरपालिकामा आजदेखि दोस्रो माझी गोल्ड कप सुरु हुदैँ छ । 
आज बिहान खेलकुद मन्त्री महेश्वरजंग गतहराजले खेलको उद्घाटन गरेका हुन् । खेल मन्थली नगरपालिका वडा नं ६ कुनौरी खेल मैदानमा खेलिदैँ छ । खेल उद्घाटन गर्नका लागि मन्त्री आज रामेछाप आउँदै छन् ।

आजदेखि  २० गतेसम्म संचालन हुने फुटबल प्रतियोगितामा देशका विभिन्न जिल्लासहित २३ टिमको सहभागिता रहेको छ ।

जसमा रामेछाप, धनकुटा, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, धनुषा, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ, गोर्खा, स्याङ्जा, मकुवानपुर, बारा, रौतहट र सर्लाहीबाट टिम दर्ता भएको बताए । 

खेलमा प्रथम हुने टिमले २ लाख रुपैयाँ, दोस्रो हुनेले एक लाख ५० हजार, तेस्रो हुनेले एक लाख रुपैयाँ नगद्सहित शिल्ड मेडल र प्रमाण पत्र पाउने छन् । साथै सान्तवना हुने टिमले नगद् २५ हजार प्राप्त गर्ने आयोजक नेपाल माझी उथान संघले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।  


 

बुधबार १५ मंसिर, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट