बिहीबार १० बैशाख, २०८३ (Thursday April 23, 2026)

नयाँ भवनबाट सुरु भयो रामेछाप जिल्लाको जिल्ला अस्पताल


नयाँ भवनबाट सुरु भयो रामेछाप जिल्लाको जिल्ला अस्पताल

सुनौलो रामेछाप


मंसिर २२, रामेछाप । जिल्ला अस्पताल रामेछापले आफनो सेवाहरु नयाँ भवनबाट सुरु गरेको छ ।
 २०७२ को भुकम्पका कारण अस्पतालको पुराना भवनहरुमा क्षति पुगेकोले नयाँ भवनबाट सुरु गरेको हो ।

जर्मन सरकारको २७ करोड सहयोगमा बनेको नयाँ सुविधा सम्पन्न भवनबाट बिरामीहरुको सम्पुर्ण सेवाहरु सुचारु गरिएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष रोशन पाख्रिनले बताउनुभएको छ ।

२ वर्षको अवधिमा निर्माण सम्पन्न भएको उक्त भवनमा अत्यावश्यक सम्पुर्ण आधुनिक उपकरणहरु पनि जडान गरिएको अध्यक्ष पाख्रिनले बताउनुभयो । विशेषज्ञ चिकित्सक सहितको सेवा सुचारु गर्ने तयारीमा आफुहरु लागिपरेको उहाँले बताउनुभयो ।

अस्पतालको नयाँ भवनबाट सेवा प्रदान र सेवा पाउँदा  चिकित्सकका साथ साथै सेवाग्राही पनि खुशी भएका छन ।
 सुविधा सम्पन्न भवन त बन्यो तर अझै पनि जनशक्ति भने छैन । अस्पतालमा सुविधा सम्पन्न भवन र उपकरणहरु भएपनि जनशक्ति नहुँदा निकै समस्या भएको अस्पतालका सुचना अधिकारी दिपेन्द्र श्रेष्ठले बताउनुभएको छ  ।

संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारवाट प्रदान गरिएका भेन्टिलेटर, आइसियु, भिडियो एक्सरे र ल्यावको लागि आवश्यक उपकरणहरु जिल्ला अस्पताल रामेछापलाई प्रदान गरेता पनि उक्त सेवाहरु दक्ष जनशक्तिको अभावमा ठप्प रहेको छ ।

जिल्ला अस्पताल रामेछापमा हाल सुविधा सम्पन्न भवन, आवश्यक सवै उपकरणहरु भएता पनि आवश्यक जनशक्ति मेडिकल सुुपरिटेन्डन, ल्याव असिस्टेन्ट, स्टाप नर्स लगाएतका कर्मचारी अभावमा भएका सबै उपकरणहरु प्रयोग विहिन रहेको सुचना अधिकारी श्रेष्ठले बताउनुभयो ।
 

बुधबार २२ मंसिर, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट