मंसिर २९, रामेछाप । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल रामेछाप आउने भएका छन् ।
रामेछाप उद्योग वाणिज्य संघको १३औं वार्षिक साधारण सभाको उद्घाटन गर्न ढकाल आउने भएका छन् । पौष ३ गते शनिबार हुन लागेको संघको १३ औं साधारण सभामा आउने एक सूचना प्रकाशन गरी जानकारी दिएको हो ।
ढकाल यसअगाडि प्रमथ रामेछाप महोत्सवमा पनि आएका थिए । त्यति बेला ढकाल उपाध्यक्ष बनेका थिएनन् । उपाध्यक्ष बनेपछि पहिलो पटक रामेछाप आउन लागेका ढकालले व्यवसायीक क्षेत्रको निम्ती निकै महत्वपूर्ण अवसर रहेको छ । कोरोना महामारीले थिलथिलिएका जिल्लाका व्यवसायीहरु पछिल्लो समय विस्तारै चलायमान अवस्थामा फर्किदै छन् । तर, राज्यले व्यवसायीहरुको पुनर्उथानको निम्ती काम गर्न नसकेको गुनासो उनीहरुको छ ।
त्यस्तै छिमेकी जिल्ला सिन्धुलीले खुर्कोट अन्तर्गतको वीपी राजमार्गमा १० चक्के गाडी रामेछापमा प्रवेश नदिदाँ रामेछाप व्यवसायीहरु थप पीडित छन् । यो बीचमा हुन लागेको उपाध्यक्ष ढकालको भ्रमणलाई महत्वका साथ हेरीएको छ ।
मन्थलीस्थित सामुदायिक आवास हलमा हुने सभामा सहभागी सम्पूर्ण उद्योगी, व्यवसायी, साधारण सदस्यहरुलाई संघले खबर गरिसकेको जनाएको छ ।


बुधबार २९ मंसिर, २०७८