पौष ५, काठमाडौं । नेकपा (एमाले) रामेछापले जिल्ला अधिवेशनका लागि ६४ वटै वडाबाट प्रतिनिधि छान्ने भएको छ ।
आज बसेको रामेछाप जिल्ला कमिटीको पूर्ण बैठकले पुस १७ गते प्रतिनिधि छान्ने निर्णय गरेको हो । एमाले जिल्ला अधिवेशन पुस २३ गते हुँदै छ । पार्टी अध्यक्ष शान्तिप्रसाद पौडेलको अध्यक्षता तथा पार्टी स्थायी समिति सदस्य एवं बाग्मती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कैलाशप्रसाद ढुंगेलको आतिथ्यतामा बसेको बैठकले सो निर्णय गरेको एमाले रामेछाप प्रचार विभाग प्रमुख प्रकाश कार्कीले जानकारी दिनुभएको हो ।
बैठकमा पुस २३ गते हुने आठौँ जिल्ला अधिवेशनको तयारीका सन्दर्भ छलफल भएको उहाँले बताउनुभयो । अधिवेशनको लागि पार्टी अध्यक्ष शान्तिप्रसाद पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन भएको छ । अधिवेशनका प्रतिनिधि छनौटको आधार तयार गर्न पुस ११ गते जिल्ला सचिवालय बैठक बस्ने उहाँले बताउनुभयो ।
सोमबार ५ पुष, २०७८