शनिबार ३ आश्विन, २०८३ (Saturday September 19, 2026)

सेवा समाज कतारद्धारा जिल्ला स्वास्थ्य कार्यालय रामेछापलाई स्वास्थ्य सामाग्री हस्तान्तरण


सेवा समाज कतारद्धारा जिल्ला स्वास्थ्य कार्यालय रामेछापलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

सुनौलो रामेछाप


माघ १, रामेछाप । रामेछाप सेवा समाज कतारले जिल्ला स्वास्थ्य कार्यालय रामेछापलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । 
स्वास्थ्य कार्यालयमै एक कार्यक्रमको आयोजना गरी सो सेवा समाजले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काको प्रमुख आतिथ्यता र रामेछाप सेवा समाज कतारका निवर्तमान उपाध्य यम ब सेन्चुरीको अध्यक्षतामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले परदेशमा रहेका नेपालीहरुले आफुले कमाएको केही रकम संकलन गरेर जिल्लाको लागी महान काम गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको छ । सहयोगी हातहरुको यस्तै सहयोगले कोरोनाको महामारीलाई नियन्त्रण गर्न सकिने उहाँको भनाई रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमु्ख शान्तिराम खतिवडाले रामेछाप सेवा समाज कतारले प्रदान गरेको स्वास्थ्य समाग्रीहरु कोरोनाको तेस्रो भेरियन्टविरुद्ध लड्नमा प्रयोग हुने बताउनुभएको छ । अहिलेको यो परिस्थितीमा आवश्यक पर्ने महत्वपुर्ण सामाग्री यो संस्थाले प्रदान गरेको भन्दै उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

रामेछाप सेवा समाज कतारले जिल्लाको ८ वटै स्थानिय तहहरुमा रहेको कोभिड अस्पताललाई एक÷एक थान अक्सिजन कन्सनट्रेटर,आईसोलेसन वेड एक÷एक सेट र भरिएको सानो अक्सिजन सिलिन्डर एक÷एक थान प्रदान गरेको हो । उक्त सामाग्री स्वास्थ्य कार्यालयले सबै स्थानिय तहहरुको कोविड अस्पतालमा पुर्याइदिने जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमु्ख शान्तिराम खतिवडाले बताउनुभयो ।

३ लाख बराबरको स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ । संस्थाका सचिव निर्मल नेवा खड्गीले सन्चालन गर्नुभएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा विभिन्न राजनितीक दलका प्रमुख एवम प्रतिनिधी,सुरक्षाकर्मी,पत्रकार लगायतको उपस्थिती रहेको थियो । रामेछाप सेवा समाज कतारले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीहरु कतारमा रहेका नेपाली कामदारहरुबाट संकलन गरिएको रकमबाट खरिद गरिएको हो । 
 

शनिबार १ माघ, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट