बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

गाउँमै खुल्यो शहरी स्वास्थ्य केन्द्र


गाउँमै खुल्यो शहरी स्वास्थ्य केन्द्र

सुनौलो रामेछाप


पुष ९, रामेछाप । स्थानीय सरकारका जनप्रतिनिधिले चुनावको बेला जनतासामु गरेका बाचा पुरा हुँदै गएको महसुस गरेका छन् ।  

बुधबार रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ स्थित बाबियाखर्कमा बुधबार शहरी स्वास्थ्य केन्द्रको सुरुवात भएको घोषणा गर्दै ‘सामान्य स्वास्थ्य सेवा लिनको लागि आजबाट यहाँका स्थानीयले घण्टौ लगाएर धेरै टाढा धाउनु पर्दैन । तपाईहरुकै समस्याहरुलाई प्राथमिकतामा राखेर हामीहरुले काम गरीरहेका छौँ । यहाँको आवश्यकतालाई पहिचान गरेर नगरबाट थप कार्यक्रमहरु पनि ल्याउँछौँ । अन्य विकासे कार्यमा यहाँका स्थानीयले पनि साथ दिनु पर्छ ’ रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले बताए । 

यहाँका अशक्त, जेष्ठ नागरिक, गर्भवती महिला र सामान्य विरामी भएका नागरिकहरु शहरी स्वास्थ्य केन्द्र खुलेपछि आफूलाई सहज महसुस गर्नेछन्, उपचारको लागि सदरमुकाम मन्थली र जिल्ला अस्पताल रामेछाप धाउनु पर्दैन, वडाध्यक्ष केदार कार्कीले भने, उनले थपे– ‘हामी निर्वाचनको बेला नागरिकको घर–घरमा जाँदा बोलेका थियौंः यहाँका नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने भनेर गरेको बाचा आज पुरा गरेका छौँ । वडामा अशक्त व्यक्तिहरु जटिल प्रकृतिका विरामी भए भने अस्पताल लैजनको लागि हामीले निःशुल्क एम्बुलेन्सको व्यवस्था पनि गरेका छौँ ।’

अहिले शारदा संस्कृत मावि बावियाखर्कमा राखिएको भएपनि शहरी स्वास्थ्य केन्द्रको भवन बनेपछि सबै स्थानियलाई पायक पर्ने स्थानमा सेवा संचालन हुने वडाध्यक्ष कार्कीले बताए । 
 

बिहीबार ९ पुष, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट