पुष १६, साँघुटार । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ साँघुटारको थाक्लेमा शहरी स्वास्थ्य केन्द्र संचालनमा आएको घोषणा गर्दै बुधबार त्यहाँको नगर उपप्रमुख सृजना खड्काले उद्घाटन गरेकी छिन् ।
उपप्रमुख खड्काले भनिन्, ‘हामी तपाईको स्वास्थ्य प्रति निकै संवेदनशिल छौँ । तपाईको स्वास्थ्य र समयको बचतको लागि पायक पर्ने ठाउँमा आज शहरी स्वास्थ्य केन्द्र खोलेका छौँ । आशा छ तपाईहरुले नियमित रुपमा स्वास्थ्य सेवा लिनुहुनेछ ।’
उनले भनिन्, ‘आजबाटै नागरिकले स्वास्थ्य सेवा लिन थालेका छन् । यो हाम्रा लागि धेरै खुसीको कुरा हो ।’
त्यसैगरी रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले कार्यक्रममा बोल्दै शहरी स्वास्थ्य केन्द्र खुलेपछि वडाका जेष्ठ नागरिक, अशक्त, गर्भवती महिला र सामान्य विरामी भएका नागरिकहरु बढी लाभन्वित हुने बताए ।

अहिले व्यक्तिको घर भाडामा लिएर थाक्लेमा शहरी स्वास्थ्य केन्द्र राखिएको भएपनि चाँडै साँघुटारको माथिल्लो भाग र देउरालीका केही भागका नागरिकहरुलाई पायक पर्ने ठाउँमा घर बनाएर सेवा प्रवाह हुने गरी काम गरिने वडा नं ३ का वडाध्यक्ष भुपालराज श्रेष्ठले बताए ।
स्वास्थ्यमा केही समस्या हुँदा घण्टौ लगाएर साँघुटार बजार पुग्नु पर्ने बाध्यता भएका स्थानीयहरु आफ्नै गाउँमा शहरी स्वास्थ्य केन्द्र खुलेपछि निकै खुसी भएका छन् ।
बिहीबार १६ पुष, २०७७
Ghanshyam shrestha
Good dhari ramro Kam garnu vaya xa