माघ ६, रामेछाप । केहि दिन देखि रामेछापमा दैनिक रुपमा कोरोना संक्रमित बढ्न थालेका छन् । आज ४२ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
अहिले जिल्लामा १४८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन । मन्थली नगरपालिकामा ५३ जना,रामेछाप नगरपालिकामा २४ जना, उमाकुण्ड गाउँपालिकामा ७ जना, खाँडादेवी गाउँपालिकामा २६ जना, गोकुलगङ्गा गाउँपालिकामा १३ जना, लिखुतामाकोसी गाउँपालिकामा ९ जना, दोरम्बा सैलुङ गाउँपालिकामा एक जना र सुनापति गाउँपालिकामा ७ जना गरी १४० जना सक्रिय सङ्क्रमित होमआइसोलेशनमा छन् ।
बिहीबार ६ माघ, २०७८