माघ २५ रामेछाप, रामेछापमा मतदाता नामावली संकलन स्थगित गरेको छ ।
सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन आजबाट स्थगित गरेको छ । निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न दिएको हो ।
कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइने छैन । हालसम्म देशभर १ करोड ९० लाखजनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयोगको प्रारम्भिक तथ्यांक छ ।
रामेछाप जिल्लामा पनि मतदाता नामावली संकलनको काम स्थगित भएको छ । निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर साहका अनुसार हालसम्म जिल्लामा संकलित मतदाताहरुको नामावली अद्यवधी गर्ने काम भइरहेको छ । रामेछापमा पछिल्लो तथ्याङक अनुसार १ लाख ७६ हजार ३६४ जना मतदाता रहेको साहले जानकारी दिए ।
मंगलवार २५ माघ, २०७८