फाल्गुन २ रामेछाप , रामेछापमा अहिलेसम्म ९७ हजार भन्दा बढीले कोरोना भाइरस विरुद्धको खोप लगाईसकेका छन ।
जिल्लामा अहिले खोप अभियान सुरु भएदेखी हालसम्मको अवद्यिमा ९७ हजार ९ सय २८ जनाले पुर्ण मात्रा खोप लगाएका छन् भने एक लाख ७ हजार २ सय ८५ जनाले पहिलो मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।
भेरोसेल, कोभिडशिल्ड, एस्ट्राजेनिका,जोन्सन एण्ड जोन्सन जस्तो खोपहरु लगाइएको छ । अझै पनि खोप लगाउन छुटेका नागरीकहरुले आफु नजिकैको स्वास्थ्य केन्द्रमा सम्पर्क गरी खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
सोमबार २ फाल्गुन, २०७८