फागुन १० रामेछाप , नेकपा (एमाले) रामेछापले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जनसङ्गठन परिचालनको परिचालन सुरु गरने भएको छ ।
आज एमाले रामेछापको अध्यक्ष आनन्दकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले निर्वाचनलाई लक्षित गरी जनसंगठनहरुको परिचालनको योजना बनाएको हो ।
जनसङ्गठन समन्वय संयन्त्रको बैठकले फागुन मसान्तसम्म सबै जनसंगठनको भेला तथा बैठक राख्ने निर्णय गरेको उपसचिव प्रकाश कार्कीले बताए ।
बैठकमा अध्यक्ष श्रेष्ठले पार्टीको कामसँगै जन वर्गीय संगठन परिचालनको काम पनि अघि बढाउनु पर्ने बताउनुभएको छ । यस सन्दर्भमा स्पष्ट निर्देशन गर्न नसक्दा पार्टीभित्रको काममा ढिलो, अन्यौलता देखिएको बताउनु हुन्छ ।
एमाले रामेछापले निर्वाचन लक्षित गरी राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन, नेपाल बुद्धिजीवी परिषद्, रिटर्नी फेडेरेसन नेपाल, जनसाँस्कृतिक महासंघ नेपाल, प्रेस चौतारी नेपाल लगायतका २१ वटा जन वर्गीय संगठनहरुलाई यही फागुन भित्र भेला तथा बैठक राखी आफ्नो गतिविधि अघि बढाउन निर्देशन दिएको छ ।
मंगलवार १० फाल्गुन, २०७८