चैत १२ रामेछाप, म्यादी प्रहरी बन्न रामेछापमा मागे भन्दा दोब्बर आवेदन आएको छ ।
आउने बैशाख ३० मा हुने लागेको स्थानीय तहको निर्वाचनको लागि रामेछापमा मागे भन्दा दोब्बर बढी म्यादी प्रहरीको आवेदन आएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङलले बताएका छन् ।
७ सय ८४ जना छनोट गरिने भएपनि जिल्ला प्रहरी कार्यालय रामेछापमा पाँच अवधिमा १ हजार ६७५ जनाले आवेदन दिएका छन् । प्रहरीले आवेदन परेको मध्येबाट अब प्रहरी प्रधान कार्यालयबाट तोकिएको ७८४ जनाको छनोट गर्नेछ ।
अहिले सम्म म्यादी प्रहरी बन्नका लागि १ हजार ३०६ जना पुरुष र ३६९ जना महिला आवेदन दिएका छन् । प्रहरीले १३ गतेबाट भर्ना छनोट गरी २२ गते अन्तिम नतिजा सार्वजनिक गरेर २८ गतेबाट तालिम सुरु गर्नेछ ।
शनिबार १२ चैत्र, २०७८