चैत २७ रामेछाप, नेकपा (एमाले) रामेछाप नगर कमिटीका अध्यक्ष रोशन पाख्रिनले नगरपालिकाको केन्द्र रामेछाप बजारबाट कतै नसार्ने बताएका छन् ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा रामेछाप बजार नगरपालिकाको केन्द्र रहन दिँदैन भन्ने हल्ला फैलाएर आफूलाई हराईएको गुनासो गर्दै उनले यस पटक पनि त्यस्तै हल्ला फैलाउन विपक्षी पार्टीहरु लागिरहेको बताएका छन् ।

पाख्रिनले भने, ‘रामेछाप बजारको आफ्नै विशेषता र महत्व रहेको छ, त्यसकारण यहाँबाट नगरपालिकाको केन्द्र सार्ने कुरा कल्पनाभन्दा बाहिरको कुरा हो’ उनले भने, ‘अरु दलका साथीहरुले रोशन पाख्रिनले मेयर जित्यो भने नगरपालिकाको केन्द्र नै ओख्रेनी पुर्याउँछ भनेर भ्रम फैलाउँदा अघिल्लो पटक हामी झिनो मतान्तरले पराजित भएको थियौ । यसपटक पनि त्यस्तै हल्ला फैलाउन सुरु गरिसकेको छ ।
रामेछाप जिल्लाको पूरानो सदरमुकाम र विशिष्ट महत्व बोकेको रामेछाप बजार नै नगरपालिकाको केन्द्रका रुपमा स्थापित गराउन आफूले पनि विगतदेखि नै महत्वपूर्ण भूमीका निर्वाह गरेको भन्दै पाख्रिनले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन पश्चात आफूले रामेछाप नगरपालिकाको मेयर जितेको खण्डमा विशिष्ट महत्व बोकेको रामेछाप बजारलाई सुन्दर र पर्यटकीय नगरीका रुपमा विकास गरिने बताएका छन् ।

‘रामेछाप नगरपालिकाको केन्द्र रहेको यो रामेछाप बजार धेरै पूरानो बजार हो, यहाँको गौरिशङ्खर स्कुल देशकै विख्यात नेतृत्वदेखि हरेक तहका व्यक्तिहरु जन्माउने स्कुल रहेको छ । रामेछाप जिल्ला अस्पताल पनि यहीँ छ, अहिलेको आधुनिक सुविधा यहाँ थप हुँदैछ, विगतमा काठमाडौँ र अन्य शहरसँग रामेछाप जिल्ला नजोडिँदा यो अस्पतालले पुर्याएको योगदान कसैले पनि बिर्सन सक्दैन’ ।
उनले भन्छन्, ‘१८ सय मिटरको उचाईमा रहेको यो रामेछाप बजार मौसम र हावापानीका दृष्टिले पनि अत्यन्त लोभलाग्दो छ । त्यसकारण यहाँ आवश्यक पूर्वाधारहरु थप गर्दै यो बजारलाई टुरिजम डेस्टिनेशनका रुपमा विकास गर्ने कुरा हाम्रो घोषणापत्रमै उल्लेख गर्दैछौँ ।’
आईतवार २७ चैत्र, २०७८
Bhupal
God bless