बैशाख २३ रामेछाप, नेकपा (एमाले) खाँडादेवी गाउँपालिकाका अध्यक्षका उम्मेदवार ज्ञान कुमार श्रेष्ठ तथा उपाध्यक्ष उम्मेदवार रमा घिसिङसहितको टोली आफूहरुलाई मत दिन घरघरमै पुगेर मत मागेका छन् । चुनावी अभियान अन्तर्गत वडा वडाम गई मत हाल्ने तरिकादेखि मत दिनसमेत मतदातासँग आग्रह गरेका हुन् ।
घरघरमा पुगेर चुनावमा आफूहरुले गरेको प्रतिबद्धता अनुसार पाँच बर्ष काम गर्ने बताउदै अध्यक्षका उम्मेदवार श्रेष्ठले मतदाताहरुलाई आफूहरुलाई मतदान गरेर जिताएको अवस्थामा खाँडादेवीलाई समृद्ध बनाउने सपना पूरा गर्ने बताए ।
शुक्रबार २३ बैशाख, २०७९