जेष्ठ १८ रामेछाप, श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ ।
यही जेष्ठ २३ गतेदेखि असार ६ गतेसम्म प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले र ६ गतेदेखि असार २१ गतेसम्म सर्वसाधारणहरुले भर्न पाउन गरि शेयर खुल्ला गरेको आयोजना सूचना जारी गरि जानकारी गराएको छ ।
२५ प्रतिशत मध्ये १० प्रतिशतले हुने प्रति साधारण शेयर रुपैयाँ एक सय बराबरको कम्पनीले १५ लाख ९३ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नं २,३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको वडा नं ४, ५, ६,७ र ९ लाई जम्मा निष्काशन गरिने शेयरको ७० प्रतिशतले हुने अर्थात ११ लाख १५ हजार १०० कित्ता छुट्याईएको छ जारी सूचनामा उल्लेख छ ।
त्यस्तै रामेछापको लिख तामाकोशी गाउँपालिकाको वडा नं ५ र ७ र मन्थली नगरपालिकाको वड़ा नं ११, १२ र १३ तथा रामेछाप नगरपालिकाको वड़ा नं १ र ३ लाई जम्मा निष्काशन गरिने शेयरको २५ प्रतिशतले हुने अर्थात ३ लाख ९८ हजार २ सय ५० कित्ता रहेको उल्लेख छ ।
त्यस्तै रामेछापको लिखु तामाकोशी गाउँपालिकाको वडा नं १ र ओखलढुङ्गाको वडा नं १,२ र ३ लाई जम्मा निष्काशन गरिने शेयरको ५ प्रतिशतले हुने अर्थात ७९ हजार ६ सय ५० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई निष्काशन गरिएको आयोजनाले जनाएको छ ।
बुधबार १८ जेष्ठ, २०७९