शनिबार १६ श्रावण, २०८३ (Saturday August 01, 2026)

मन्थली नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सम्मान


मन्थली नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

सुनौलो रामेछाप


जेष्ठ २७ काठमाडौं, रामेछापको मन्थली नगरपालिका–२ नं वडा कार्यालयले वडाका सबै ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

वडा कार्यालयमा हिजो आयोजित एक कार्यक्रममा वडाका ७५ वर्ष माथिका १ सय ७ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडाध्यक्ष सुरेन्द्र कार्कीले बताएका छन् । दोसल्ला सहित इलेक्ट्रिक जग दिएर मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ तथा वडाध्यक्ष सुरेन्द्र कार्कीले सम्मानित गरेका हुन् ।  

उक्र कार्यक्रममा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले गाउँको विकासको लागि जसले जहाँ जहाँबाट जिते पनि एक ठाउँमा आएर काम गर्ने बताए । 

 ज्येष्ठ नागरिकको काम वडाले उहाँहरूका प्रतिनिधि  वा जनप्रतिनिधि मार्फत आफैँ घरमा गएर गरिदिने कार्कीले बताए । 

शुक्रबार २७ जेष्ठ, २०७९



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट