बिहीबार १ आश्विन, २०८३ (Thursday September 17, 2026)

चिरञ्जीवी डेरीको नयाँ शाखा रामेछाप बजारमा 


चिरञ्जीवी डेरीको नयाँ शाखा रामेछाप बजारमा 

सुनौलो रामेछाप


भदौ ६ रामेछाप, रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा लामो समयदेखि संचालनमा आइरहेको चिरञ्जीवी डेरीले रामेछाप बजारमा पनि आफ्नो शाखा संचालनमा आएको  छ । रामेछाप बजारमा आज चिरञ्जीवी डेरी तथा सप्लायर्सको उद्धघाटन गरिएको हो ।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले रिबन काटेर चिरञ्जीवी डेरी तथा सप्लायर्सको उद्धघाटन गर्नुभएको हो । सो कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले रामेछाप नगरपालिकाले दुध उत्पादन गर्ने किसानहरुलाई सहयोग गर्ने बताउनुभयो । गाई, भैँसी पालेर दुध उत्पादन गर्ने किसानहरुलाई नगरपालिकाले गर्नुपर्ने सहयोगमा कुनै कमि नहुने उहाँले बताउनुभयो ।

“किसानको गोठ देखी तपाईको ओठसम्म” भन्ने नारा बोकेको चिरञ्जीवी डेरीले जिल्लाका विभिन्न ठाउँहरुमा आफ्नो शाखा विस्तार गरेको उक्त डेरीका संचालक भानु श्रेष्ठले बताउनुभयो । जिल्लामा दुध उत्पादन र बजारीकरणको विस्तारमा चिरञ्जीवी डेरीले महत्वपुर्ण भुमिका खेलेको छ । डेरीले गाई,भैँसी पाल्न चाहने कृषकहरुलाई ऋण उपलब्ध गराएर सहयोग गर्दै आएको श्रेष्ठले बताउनुभयो ।

गाई,भैँसी पालन गर्ने किसानहरुको संख्या न्युन रहेको र उक्त संख्या बढाउन पनि रामेछाप बजारमा चिरञ्जीवी डेरी तथा सप्लायर्स संचालनमा ल्याइएको डेरीका संचालक श्रेष्ठले बताउनुभयो । 
 नगरपालिकाका वडा नं ८ रामेछाप बजार स्थित क्याम्पस गेट नजिकै खुलेको य िडेरीमा दुध,दही,घिउ,पनिर,खुवा,छुर्पी,केक,आईसक्रिम लगायत दुधबाट बन्ने विभिन्न चिजवस्तुहरु यस डेरीमा पाईन्छ ।

सोमबार ६ भाद्र, २०७९



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट