असोज ३० रामेछाप, आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि प्रचार प्रसार अभियान आरम्भ गरेको नेकपा एमाले रामेछापले जिल्लाका तीन वटा पालिकामा निर्वाचन परिचालन कमिटी घोषणा तथा अभिमुखीकरण कार्यक्रम सकेको छ ।
यस अघि मन्थली, लिखु तामाकोशि गाउँपालिका मा कार्यक्रम सम्पन्न गरेको एमालेले हिजो गोकुलगंगा गाउँपालीकामा पनि उक्त कार्यक्रमको आयोजना गरेको हो ।
केन्द्रीय सदस्य माधव ढुङ्गेलको प्रमुख आतिथ्यतामा शनिबार भएको उक्त कार्यक्रममा बौल्दै सदस्य ढुंगेलले, नेकपा एमाले सँगमात्र एक्लै निर्वाचन लड्ने तागत भएकोले काँग्रेस माओवादीले गठबन्धन रोजेको बताउनु भएको छ । यो मुलुकमा नेकपा एमालेसँग मात्रै एक्लै चुनावमा जाने तागत भएको भन्दै उहाँले सुर्य चिन्हमा मतदान गर्न मतदाता आतुर रहेको पनि बताए ।
नेकपा एमाले गोकुलगंगा गाउँपालिका कमिटीको निर्वाचन परिचालन कमिटी घोषणा तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दे ढुङ्गेलले एक्ला एक्लै निर्वाचन लड्ने हो भने एमालेले प्रत्यक्ष तर्फको १६५ सिट मध्य १२५ सिट जित्ने दाबी समेत गर्नु भयो ।
एमालेका विरुद्धमा सबै राजनीतिक शक्तिहरू सारा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू, पैसा सबै प्रयोग गरेर लागेको पनि उहाँको आरोप छ । एमालेलाई निर्वाचन जित्न माधवकुमार नेपाल, झलनाथ खानाल लगायतका समूहहरूका कारण कुनै असर नपार्ने भन्दै भ्रमको पछि नलाग्न पनि सबैलाई आग्रह गर्नु भयो ।
शुक्रबार पनि एमाले रामेछाप मन्थली नगर कमिटीले मन्थलीमा निर्वाचन परिचालन कमिटी घोषणा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरि पार्टि निर्वाचनमा होमिएको उद्घोष गरेको थियो । एमाले मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षता तथा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलको प्रमुख आतिथ्ययतामा भएको उक्त कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष आनन्द श्रेष्ठ, बाग्मती प्रदेश कमिटी सदस्य एवं मन्थली नगरपालिका प्रमुख लबकुमार श्रेष्ठ, जिल्ला उपसचिव प्रकाशकुमार कार्की, एमालेबाट प्रदेश सभा ख का उम्मेदवार मिलनकुमार घिसिङ लगायतका वक्ताहरूले बोल्नु भएको थियो ।
आईतवार ३० आश्विन, २०७९