आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

एमाले रामेछाप:जिल्ला स्तरीय प्रचार एवं जनसंगठनहरुको भेला सम्पन्न 


एमाले रामेछाप:जिल्ला स्तरीय प्रचार एवं जनसंगठनहरुको भेला सम्पन्न 

सुनौलो रामेछाप


कार्तिक ५ रामेछाप, नेकपा (एमाले) रामेछापले बुधबार जिल्ला स्तरीय प्रचार तथा जनसंगठनको भेला आयोजना गरेको छ । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै भेला आयोजना गरिएको हो । एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेलको प्रमुख आतिथ्ययतामा कार्यक्रम सम्पन्न भएको हो । 

भेलामा जिल्ला पार्टी उपसचिव तथा प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीले चुनावी प्रचारको रणनीतिक योजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य माधव ढुङ्गेल, जिल्ला पार्टी अध्यक्ष तथा प्रदेश सभाको समानुपातिक तर्फका उम्मेदवार आनन्द श्रेष्ठ, प्रदेशसभा 'ख' का उम्मेदवार मिलनकुमार घिसिङ, समानुपातिक उम्मेदवारहरू माया कार्की, हर्कमाया माझी, युवा संघ केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसी लगायतले प्रचार सम्बन्धी धारणा राख्नु भएको पार्टी सचिव पुरुषोत्तम कँडरियाले जानकारी दिएका छन् । 

शनिबार ५ कार्तिक, २०७९



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट