आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

रामेछाप जिल्लाको समृद्धि र विकासका लागि प्रतिबद्ध भएर लाग्छुः ढुंगेल


रामेछाप जिल्लाको समृद्धि र विकासका लागि प्रतिबद्ध भएर लाग्छुः ढुंगेल

सुनौलो रामेछाप


मंसिर ११ रामेछाप, नेकपा (एमाले) रामेछापका जिल्ला इन्चार्ज कैलाश ढुंगेलले आगामी दिनमा पनि अझै रामेछाप जिल्लाको विकासको लागि नै लाग्ने बताएका छन् । 
 निर्वाचनमा पराजित भएपनि जिल्लाको समृद्धि र विकासका लागि आफू अहोरात्र   रुपमा लाग्ने बताएका हुन् । एक विज्ञप्ती जारी गर्दै यउनले अथक प्रयास र प्रयत्न गरी आफूलाई गरेको माया,सद्भाब र जिल्लामा गरेको कामको मुल्यांकन गरिअमुल्य मत दिनु भएकोमा आभार प्रकट गरेका छन् ।

धन्यवाद तथा अभार !!!
आदरणीय रामेछापबासी आमाबुवा दाजुभाइ दिदीबहिनीहरु हार्दिक नमस्कार !!!
भर्खरै सम्पन्न भएको निर्बाचनमा नेकपा( एमाले ) को प्रतिनिधिसभाको उम्मेदबार म कैलाश प्रसाद ढुंगेल लाइ तपाईहरुले अथक प्रयास र प्रयत्न गरि म प्रति गर्नु भएको माँया ,सद्भाब र जिल्लामा मैले गरेको कामको मुल्यांकन गरि मलाइ अमुल्य मत दिनु भएकोमा आभार प्रकट गर्दछु ।
रामेछाप जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न अहम भुमिका निर्बाह गर्नुहुने मुख्य निर्वाचन अधिकृत सहित सम्पुर्ण कर्मचारीहरु , सुरक्षा निकाय , नागरिक समाज, बुद्धिजीवी, पत्रकार लगायत सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।
चुनावी अभियानमा अभाब र अफ्ट्यारो संग जुझ्दै दिनरात खटेर हिड्ने आफ्नो पार्टीका नेता– कार्यकर्ता समर्थक शुभचिन्तकप्रति उच्च सम्मान गर्दछु। लोकतान्त्रिक अभ्यास र राजनीतिक ब्यबहारमा उत्तेजना , आबेग र निरासको अर्थ हुन्न भन्नेकुरा हाम्रो पार्टी का नेता कार्यकर्ताहरुलाइ राम्रोसंग जानकारि भएकोले स्वभाबिक रुपमा राजनीति संस्कार हामीले देखाउनै पर्दछ ।
रामेछाप जिल्लाको समृद्धिको लागि मेरो पहलकदमिमा कुनै कमि रहने छैन, जनताले दिएको आदेश र मुल्यांकन मेरालागि सधै स्वीकार्य हुनेछन्।
सत्ता गठबन्धनका उम्मेदवार पुर्ण बहादुर तामाङ निर्बाचित हुनुभएकोमा उहाँलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु।
                                                                                                   कैलाश प्रसाद ढुङ्गेल
                                                                                         (प्रतिनिधि सभा उमेदवार नेकपा एमाले )
                                                                                                           रामेछाप

आईतवार ११ मंसिर, २०७९



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट