आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

रामेछाप:लिखु तामाकोसी गाउँपालिकाले एम्बुलेन्सको भाडा निर्धारण गर्यो 


रामेछाप:लिखु तामाकोसी गाउँपालिकाले एम्बुलेन्सको भाडा निर्धारण गर्यो 

सुनौलो रामेछाप


 पुस ९ रामेछाप, रामेछाप लिखु तामाकोसी गाउँपालिकाले एम्बुलेन्सको भाडा तोकेको छ । 
पालिकाभित्रका नागरिक बिरामी पर्दावा दुर्घटना भई तत्काल अस्पताल लैजान सहज सुविधा उपलब्ध गराउने उदेश्यसहित खरिद गरेको एम्बुलेन्सको भाडा निर्धारण गरेको हो । हाल तीन वटा एम्बुलेन्स सञ्चालनमा रहेको छ ।

लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङका वडाअध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता कैलाश दर्लामीले गाउँपालिकाभित्र सञ्चालन हुने र काठमाडौंसम्म जाने एम्बुलेन्सको सञ्चालन र व्यवस्थापनको लागि न्युनतम भाडा निर्धारण गरेको बताएका छन् । पालिकाले सबै भन्दा बढी भाडा ८ हजार निर्धारण गरेको छ । ७० बर्ष उमेर पुगेका बृद्दबृद्दाहरूको हकमा र सुत्केरीहरूको हकमा भने पालिकाले निशुल्क एम्बुलेन्स सेवा प्रबाह गरिने  भएको छ । 

 

शनिबार ९ पुष, २०७९



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट