मंगलवार ३० भाद्र, २०८३ (Tuesday September 15, 2026)

रामेछापमा लोकप्रिय बन्दै गएको ‘उपप्रमुख सुत्केरी कोशेली भेट कार्यक्रम’


रामेछापमा लोकप्रिय बन्दै गएको ‘उपप्रमुख सुत्केरी कोशेली भेट कार्यक्रम’

सुनौलो रामेछाप


माघ ११ रामेछाप, रामेछापको रामेछाप नगरपालिकाले उपप्रमुख सुरक्षित मातृ शिशु कार्यक्रम अन्तर्गत ‘उपप्रमुख सुत्केरी कोशेली भेट कार्यक्रम’ सञ्चालन गरेको छ । सो कार्यक्रम निकै लोकप्रिय बन्दै गएको उपप्रमुख बाल कुमारी थापा कार्कीले बताएका छन् ।

उपप्रमुख थापा कार्कीका अनुसार यहि साउन महिनादेखी नगरपालिकाले सुरु गरेको यस कार्यक्रममा एक सय भन्दा बढी सुत्केरी महिलाहरुलाई भेटेर पौष्टिक खानकुरा सहितको कोशेली प्रदान गरिएको बताए । अस्पताल तथा स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाहरुको संख्या बढाउन र पौष्टिक खानकुरा खुवाउनुपर्छ भन्ने सन्देश दिने यस कार्यक्रम निकै प्रभावकारी भएको उहाँले जनाएका छन् ।

बुधबार ११ माघ, २०७९



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट