फागुन ६ रामेछाप, जर्मन नागरिक डाक्टर जोन एडर्सनले जर्मनीमा रहेको आफ्नो घर बेचेर रामेछापमा दाँतको उपचार गर्ने अस्पताल बनाएका छन् ।
रामेछाप नगरपालिका वडा नं ३ साँघुटारमा एडर्सनले सुविधा सम्पन्न डेन्टल अस्पताल निर्माण गरेका हुन् । जर्मन रोटरी भोलन्टियर डाक्टरर्स् भन्ने संस्थामा आवद्ध डाक्टर जोन १० वर्ष अघि नेपाल आएर सामाजिक सेवामा लागिरहेका छन् ।
डाक्टर जोन भन्छन्, ’मलाई नेपाल माया लाग्छ नेपालीहरूको सेवा गर्न पाउउँदा आनन्द हुन्छ ।’ आफ्नो योजना भनेको मानिसको दाँत कसरी स्वस्थ्य बनाउने भन्नेमा केन्द्रित हुने उनको भनाइ रहेको छ । विशेषगरि स्कुल र विद्यार्थीलाई केन्द्रित गरेर उनले हिमगंगा उच्च मा.वी.को परिसरमा साँघुटार रोटरी डेन्टल क्लिनिक नामक दन्त अस्पताल निर्माण गरेका छन् ।
बालबालिका अवस्था देखिनै दाँतको राम्रो हेरबिचार गर्न सके कसैलाई पनि दाँतको समस्या नहुने जोनको तर्क छ। उनले भने, ’मलाई सम्पत्ति कमाउनु छैन मैले कमाएको र मेरो सम्पत्ति सामाजिक सेवामा लगाउँछु त्यसको पहिले प्राथमिकतामा नेपाल छ ।’
सुविधा सम्पन्न दन्त अस्पताल बनाएपछि त्यँहाका शिक्षक, विद्यार्थी र अभिभावक खुसी भएका छन् । गाउँमा नै शहरको सुबिधा पाएको भन्दै डाक्टर जोनलाई विद्यालय र स्थानीयले भब्य स्वागत गरेका छन् भने पुष्प गुच्छा र अबिर यात्रा गर्दै बजार परिक्रमा समेत गराएका छन् ।
शनिबार ६ फाल्गुन, २०७९
Kandi Sizer
New Multifunction Waterproof Backpack The best ever SUPER Backpack: Drop-proof/Scratch-resistant/USB Charging/Large capacity storage 50% OFF for the next 24 Hours ONLY + FREE Worldwide Shipping for a LIMITED time Buy now: https://thebackpack.co Best regards, Kandi