बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

एमाले रामेछाप: उद्योग वाणिज्य संघको निर्वाचनका लागि  आफ्नो पार्टीमा आस्था राख्ने उम्मेदवार सार्वजनिक गर्यो 


एमाले रामेछाप: उद्योग वाणिज्य संघको निर्वाचनका लागि  आफ्नो पार्टीमा आस्था राख्ने उम्मेदवार सार्वजनिक गर्यो 

सुनौलो रामेछाप


फागुन २१ रामेछाप, यहि २७ गते हुन लागेको रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेकपा (एमाले) रामेछापले आफ्नो पार्टीमा आस्था राख्ने उम्मेदवारलाई सार्वजनिक गरेको छ । 

हिजो जिल्ला सदरमुकाम मन्थलीमा एक कार्यक्रम आयोजना गरी एमालेले समर्थक नवराज ढुङ्गेल नेतृत्वको टिम सार्वजनिक गरेको हो । कार्यक्रममा सुझबुझ राख्ने युवाको परिपक्व टिम भएकोले रामेछापको उद्योग वाणिज्य क्षेत्रमा आसलाग्दो अवस्था सिर्जन भएको एमाले वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य शान्तिप्रसाद पौडेलले बताए ।

 नेकपा एमाले रामेछापका अध्यक्ष एवं बाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले आर्थिक क्षेत्रमा देखिएको समस्यासँग लड्न र व्यवस्थापन गर्न सक्ने टिम एमाले समर्थक व्यवसायीहरूले तयार गरेको बताएका छन् । 

एमाले समर्थक टिमबाट अध्यक्षमा नवराज ढुङ्गेलको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा सुमिका श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा रामहरि उप्रेती, उद्योग उपाध्यक्षमा चन्द्र मानन्धर, महासचिवमा सुरेश उदास, सचिवमा राजु थापा, कोषाध्यक्षमा सरोज तामाङले उम्मेदवारी दिएका छ । यस्तै आजीवन सदस्यबाट किशोर पौडेल, महिला सदस्यमा लक्ष्मी श्रेष्ठ, खुला सदस्यमा सन्तोष कठवनीया, रवीन्द्र श्रेष्ठ, कृष्ण गहतराज, रुद्रकुमार श्रेष्ठ र देवचन्द्र कठायतले उम्मेदवारी दिए ।

आईतवार २१ फाल्गुन, २०७९



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट