फागुन २२ रामेछाप , नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपाल रामेछापको नवौं जिल्ला अधिवेशन चैत छ गते सोमवार हुन गहिरहेको छ।
जी.एस. होटल मन्थली बसपार्कमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यमा हुन गहिरहेको जिल्ला अधिवेशनमा १५३ आयोजक ,दुई नगरपालिका र छ गाउँपालिका बाट दुई महिला सहित ५/५ जना र ६४ वटा बडा बाट १/१ जना गरि जम्मा २५७ जना नवौं अधिवेशनमा प्रतिनिधि रहने राष्ट्रिय युवा संघ नेपाल रामेछाप जिल्लाका अध्यक्ष गणेश वज्र लामाले सुनौलो रामेछाप लाई जानकारी गराउनु भयो ।
नवौ जिल्ला अधिवेशन लाई भव्य र सव्य रूपमा सम्पन्न गर्न रामेछापका सम्पूर्ण नेता तथा कार्यकर्ताहरू लगायत सबै प्रतिनिधिहरूलाई आ–आफ्नो तर्फबाठ लागि पर्न समेत अध्यक्ष लामाले आग्रह समेत गर्नु भएको छ।
सोमबार २२ फाल्गुन, २०७९