आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

रामेछापमा चट्याङ लागेर आमा र छोरी घाइते


रामेछापमा चट्याङ लागेर आमा र छोरी घाइते

सुनौलो रामेछाप


बैशाख १२ रामेछाप, सहायताको अनुरोध गर्ने, मन्थली नगरपालिका ३ को ठूलो निवासी सुमित्रा कार्की र उनको १० वर्षीय छोरी सरिता कार्कीलाई उपचार गर्न आर्थिक समस्या भएको भन्दै अपिल गरेका छन् ।

गत शुक्रबारको दिन राल्टार छेउको रनजोर खोलामा लुगा धुन बज्दा एक्कासि चट्याङ लागेको थियो र एक गम्भीर घाइते आमाको छोरीलाई काठमाडौंको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । परिवारका सदस्यहरूले उपचार गर्न आर्थिक अवस्था निकै कमजोर भएको र यस कारण नेपाल तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई र दिदीबहिनीहरूलाई उपचार गर्न आग्रह गरेका छन् । बिरामीको भाइ मदन बुढाथोकी (राजु) ले सहयोग गर्न आग्रह गरेका छन्।

वडा कार्यालयले सहयोग गर्न आग्रह गरेको छ जसले आमाको छोरीलाई उपचार गर्न पनि सहयोग गर्न सक्छ। आमाको छोरीलाई उपचारका लागि आवश्यक पर्ने रकम संकलन गर्नको लागि देश र विदेशमा रहेका संघसंस्था र व्यक्तिहरूलाई पनि सहयोग गर्न आग्रह गरिएको छ।

मंगलवार १२ बैशाख, २०८०



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट