मंगलवार ३० भाद्र, २०८३ (Tuesday September 15, 2026)

मन्थली: प्रवक्ताको जिम्मा गोपाल श्रेष्ठलाई 


मन्थली: प्रवक्ताको जिम्मा गोपाल श्रेष्ठलाई 

सुनौलो रामेछाप


पौष २४ रामेछाप । मन्थली नगरपालिकाले नगर कार्यपालिका प्रवक्ताको जिम्मा गोपाल श्रेष्ठलाई दिएको छ । कार्यपालिकाको २१औँ बैठकले मन्थली नगरपालिका–८ का वडाध्यक्ष श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी श्रेष्ठलाई तोकेको हो । 

 आर्थिक वर्ष ८१÷८२ को लागि संघीय समपूरक र विशेष अनुदान तथा प्रदेश समपूरक र विशेष अनुदानका लागि विभिन्न आयोजना राष्ट्रिय योजना आयोग र बाग्मती प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाउने निर्णय पनि बैठकले गरेको छ ।   

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि २०८० अनुसार नवप्रवर्तनमा आधारित आर्थिक विकासका कार्यक्रम सञ्चालन गर्न मापदण्ड पूरा भएका स्थानीय तहको सूचीमा मन्थली नगरपालिकालाई समेत समावेश भएकोले कार्यविधिको पूर्ण परिपालना गर्दै नवप्रवर्तनमा आधारित आर्थिक विकासका कार्यक्रम सञ्चालनको लागि मन्त्रालयबाट प्राप्त हुने रकममा नगरपालिकाको तर्फबाट २५ प्रतिशत लागत साझेदारी बेहोर्ने गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । 

मंगलवार २४ पुष, २०८०



मतहरू

Winona

Alfonso Mullen

Brantley

Elliana Perkins


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट