आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

 जनप्रतिनिधि र एसईई परीक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले सम्मान गर्ने


 जनप्रतिनिधि र एसईई परीक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले सम्मान गर्ने

सुनौलो रामेछाप


साउन १८ रामेछाप, नेकपा (एमाले) रामेछाप काठमाडौं सम्पर्क मञ्चले निर्वाचित जनप्रतिनिधि र माध्यामिक शिक्षा परीक्षा एसईईमा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ । 
रामेछाप काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष राकेश श्रेष्ठका अनुसार रामेछाप घर भएका कामठमाडौं बसोबास गरिरहेका एसईई परीक्षा २०७८ मा उत्तिर्ण विद्यार्थी र गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट रामेछापका विभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम राखिएको बताए । 
 स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि र एसईई परीक्षामा उत्तिर्ण विद्यार्थी सम्मानका लागि मञ्चले यही साउन २१ गते शनिबार बिहान ११ बजे होटल ए वान प्यालेस शंखमुलमा बधाई, शुभकामना तथा सम्मान कार्यक्रम राखेको   श्रेष्ठले बताएका छन् ।

बुधबार १८ श्रावण, २०७९



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट