बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

सित्खाका बाढी पिढित आठ परिवारलाई समाजसेवी श्रेष्ठ द्वारा पचास हजार बराबरको राहत सामाग्री हस्तान्तरण ।


सित्खाका बाढी पिढित आठ परिवारलाई समाजसेवी श्रेष्ठ द्वारा पचास हजार बराबरको राहत सामाग्री हस्तान्तरण ।

डिबि श्रेष्ठ


असाेज १६ रामेछाप ,  असाेज १२ गते सुनकाेशीमा आएकाे बाढीबाट क्षतिग्रस्त आठ परिवारलाई नेकपा ( एमाले) का राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा समाजसेवी शम्भु कुमार श्रेष्ठले ५० हजार बराबरको खाद्यान्न ,लत्ताकपडा तथा भाडाकुडा सहयाेग गर्नु भएकाे छ ।


  रामेेछाप जिल्ला खाँडादेवि गाउँपालिका वडा नं. ३ भिरपानीकाे सित्खामा सुनकाेशीमा आएकाे बाढीले बस्तिनै ढुबाए पछि विप्तमा परेकाे चित्र बहादुर खत्री , कैलाश माझी , भुवन कुमार खत्री , कमल श्रेष्ठ , पंचबहादुर माझी , सानुकान्छा माझी , लक्ष्मण माझी र शम्भु माझीकाे परिवारलाई समाजसेवी श्रेष्ठले पठाउनु भएकाे राहत सामाग्री नेकपा ( एमाले ) बागमती प्रदेश कमिटी सदस्य तथा खाँडादेवि गाउँपालिका प्रमुख ज्ञानकुमार श्रेष्ठ , रामेछाप जिल्ला कमिटी सदस्य तथा वडा अध्यक्ष पुष्कर कार्की सहितको अगुवाइमा  जनप्रतिनिधिहरू सित्खा पुगि राहात सामाग्री वितरण गरेकाे नेकपा ( एमाले )रामेछाप जिल्ला कमिटी सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राकेश श्रेष्ठले जानकारी गराउनु भयाे ।

 

बुधबार १६ आश्विन, २०८१



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट