आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

६२ लाख ५० हजार साधारण सेयर लिखु खोला हाइड्रोपावरले निष्कासन गर्दै


६२ लाख ५० हजार साधारण सेयर लिखु खोला हाइड्रोपावरले निष्कासन गर्दै

सुनौलो रामेछाप


पुस २, काठमाडौं । चुक्ता पुँजीको २० प्रतिशत बराबरको आइपीओ ग्रीन भेन्चर प्रालिले प्रवर्द्धन गरिरहेका लिखु खोला हाइड्रोपावर कम्पनीले निष्कासन गर्ने भएको छ । तीन अर्ब १२ करोड ५० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ६२ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, कम्पनीका कर्मचारी र सामुहिक लगानी कोषका लागि निष्कासन गर्न लागेको हो ।  

 १०० रुपैयाँ प्रति कित्ता दरले हुन आउने ६२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर प्रत्याभूति ब्यवस्थापनको कार्य गर्न प्रत्याभूतिकर्तामा नागरिक कोष नियुक्त भएको छ । लगानी कोषका तर्फबाट रमण नेपाल र आयोजनाका तर्फबाट अनिल अग्रवालले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । रामेछाप र ओखलढुंगा जिल्ला सीमाको लिखु खोलाबाट ५२.४ मेगावाट विद्युत उत्पादन गर्ने उक्त आयोजनाको निर्माण कार्य ८५ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । यसबाट रामेछापका बासिन्दालाई प्रत्यक्ष रुपमा फाइदा हुनेछ । 
 

बिहीबार २ पुष, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट