पुस २, काठमाडौं । चुक्ता पुँजीको २० प्रतिशत बराबरको आइपीओ ग्रीन भेन्चर प्रालिले प्रवर्द्धन गरिरहेका लिखु खोला हाइड्रोपावर कम्पनीले निष्कासन गर्ने भएको छ । तीन अर्ब १२ करोड ५० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ६२ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, कम्पनीका कर्मचारी र सामुहिक लगानी कोषका लागि निष्कासन गर्न लागेको हो ।
१०० रुपैयाँ प्रति कित्ता दरले हुन आउने ६२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर प्रत्याभूति ब्यवस्थापनको कार्य गर्न प्रत्याभूतिकर्तामा नागरिक कोष नियुक्त भएको छ । लगानी कोषका तर्फबाट रमण नेपाल र आयोजनाका तर्फबाट अनिल अग्रवालले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । रामेछाप र ओखलढुंगा जिल्ला सीमाको लिखु खोलाबाट ५२.४ मेगावाट विद्युत उत्पादन गर्ने उक्त आयोजनाको निर्माण कार्य ८५ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । यसबाट रामेछापका बासिन्दालाई प्रत्यक्ष रुपमा फाइदा हुनेछ ।
बिहीबार २ पुष, २०७७