बुधबार ३१ भाद्र, २०८३ (Wednesday September 16, 2026)

छड्के रुपमा विकास निर्माणको अनुगमन गर्दै रामेछापका सिडियो शर्मा


छड्के रुपमा विकास निर्माणको अनुगमन गर्दै रामेछापका सिडियो शर्मा

सुनौलो रामेछाप


माघ ७, रामेछाप । विकास निर्माणको काम गुणस्तरहिन बन्दै गएको स्थानियले गुनासो गरेपछि रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा (गुरागाइ)ले छड्के रुपमा अनुगमन गर्न थालेका छन् । 

अनुगमनको क्रममा प्रजिअ शर्माले खिम्ती–बेताली सडकको कालोपत्रेको क्रममा नाला निर्माण अन्त्यन्तै कमजोर भएको पाइएको बताए । उनले भने,‘नाला निर्माण गुणस्तरहिन देखियो, नाला सुधार नगर्ने हो भने सडकको हालत खराब हुने अवस्था देखिएको छ, सम्बन्धित निकायलाई स्थलत अनुगमनको क्रममा पाइएको तथ्य सहितको पत्र लेख्छु ।’

छड्के अनुगमन गर्दा उमाकुण्ड गाउँपालिकाको कालाचौतारादेखि गाउँपालिकाको केन्द्र प्रिति जोडन सडकको काम निकै ढिलो गतिमा भएको पाइएको बताउँदै प्रजिअ शर्माले भने, ‘थोरै जनशक्तिले मात्र काम गरेको पाइयो, बर्षा अघि नै काम नसक्ने हो भने बर्षाको समयमा गाडी सञ्चालनमै समस्या हुने अवस्था छ ।’


 

बुधबार ७ माघ, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट