माघ २६, रामेछाप । सुनापति गाउँपालिकाले तीन वटा विधेयक पारित गर्दै आठौं गाउँ सभा सम्पन्न गरेको छ ।
गाउँसभाले कृषि व्यवसाय प्रर्बद्धन विधेयक, न्यायिक समिति सञ्चालन ऐन (पहिलो संशोधन) र गाउँ प्रहरी संशोधन (पहिलो ऐन) विधेयक पारित गरेको हो ।
६ महिना अवधिमा गाउँसभाले गरेको कामको बारेमा प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्ले सभालाई जानकारी गराएका थिए ।
सभालाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष धावा लामाले पालिकाले राखेको लक्ष्य अनुसार नै काम अगाडि बढाइएको बताए ।
कोभिडको कारण पूर्वाधार निर्माणमा केही काम प्रभावित भएको भएपनि अहिले गति लिएको गाउँपालिकाका अध्यक्ष धावा लामाले सभालाई सम्बोधन गर्दै बताए ।
त्यसैगरी उपाध्यक्ष गीता विष्टले पनि गाउँपालिकाले राम्रो काम गरिहेको बताउँदै आगमी दिनमा झन प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन हुने बताइन् ।
सोमबार २६ माघ, २०७७