चैत १२ रामेछाप ,आज दिउसाे बस्ती नजिकैको जंगलमा लागेकाे आगाेले रामेछाप नगरपालिका वडा न०.५ रामपुरकाे ठिङग्रे,चुकिया र स्वाङग्रामा पाँच वटा घर गाेठ क्षति पुगेकाे छ ।

आगलागीबाट मानवीय क्षति नभएपनि दुईवटा घर र तीन वटा गाेठ जलेर नष्ट हुदा पाँच वटा खसी बाख्रा र घरभित्र भएकाे लत्ताकपडा ,भाडाकुडा सबै जलेर नष्ट भएकाे वडा अध्यक्ष हरिशचन्द्र श्रेष्ठले जानकारी गराउनु भयाे ।
मंगलवार ११ चैत्र, २०८१