आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

गोकुलगंगा गाउँपालिका कृषिबाट समृद्धि खोज्दै 


गोकुलगंगा गाउँपालिका कृषिबाट समृद्धि खोज्दै 

सुनौलो रामेछाप


पुष ७, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा कृषि खेतीबाट कृषकहरु समृद्धि खोज्दै छन् । दुई हजार रोपनी बढी क्षेत्रफलमा अहिले गोकुलगंगा गाउँपालिकामा किवीखेती विस्तार भएको छ । 

गाउँपालिकाले कृषिमा समृद्धि खोज्नका लागि चौँरी पालन व्यवसायलाई पनि थप व्यवस्थित बनाउँदै लगेको छ । त्यसैगरी ३० वटा आधुनिक बाख्रापालन फार्म सञ्चालन भैरहेका छन् । चारवटा व्यवसायीक नर्सरीको स्थापना भएको छ । आलुको पकेट क्षेत्र कार्यक्रम सुरु भैरहेको छ । लसुन, प्याज, विभिन्न जातका गेडागुडी तथा तरकारीको व्यवसायीक खेती सुरु भएको छ । पलिकाभित्र आवश्यक सम्भाव्यता अध्ययन गरी चिया खेतीलाई पनि विस्तार गरिरहेकोे छ । गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवार कृषिबाटै समृद्धि खोज्नका लागि भनेर आफैँ पनि व्यवसायीक कृषिमा संलग्न भएका छन् । अध्यक्ष सुनुवारले किवी तथा चियाको व्यवसायीक खेती सुरु गरेका छन् र त्यहाँबाट उनले राम्रो आम्दानी पनि लिरहेका छन् । 

उब्जाउयोग्य जमीन र पर्याप्त पानीको स्रोत भएको सो गाउँपालिकामा व्यवसायीक फलफूल, तरकारी, आलु तथा नगदेवालीका साथै जडिबुटीको व्यवसायीक खेतीको राम्रो सम्भावना रहेको सुनुवारले बताए । यसैलाई ध्यानमा राखेर गाउँपालिकाले कृषि क्षेत्रको लागि बजेट पनि राम्रो विनियोजन गरेको छ । जसले गर्दा कृषकलाई व्यवसायीक बन्न थप उत्साहित गरेको छ ।

 

मंगलवार ७ पुष, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट