बिहीबार १० बैशाख, २०८३ (Thursday April 23, 2026)

कोरोना संक्रमण फैलिन नदिन खाँडादेवी गाउँपालिका प्रवेशमा कडाई गर्ने निणर्य


कोरोना संक्रमण फैलिन नदिन खाँडादेवी गाउँपालिका प्रवेशमा कडाई गर्ने निणर्य

सुनौलो रामेछाप


वैशाख १७, रामेछाप । राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रबाट गाउँपालिका प्रवेश गर्नेहरुलाई खाँडादेवी गाउँपालिकाले चेकजाँच गरेर मात्र प्रवेश गर्न दिने भएको छ । कोरोना संक्रमण फैलिन नदिनको लागि गाउँपालिकाले सीमा नाकामा कडाई गर्ने निणर्य गरेको हो ।

गाउँपालिका प्रवेश गर्ने मुख्य नाका सित्खा, लुभुघाट, गाल्वा र माडीमुहानमा हेल्प डेक्स राखेर चेकजाँचलाई कडाई गर्ने निणर्य गरेको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले बताए ।

राजधानी काठमाडौंसहित विभिन्न देशबाट गाउँपालिका आएका नागरिकहरुलाई १४ दिन होम आइसोलेसमा अनिवार्य रुपमा बस्न पनि अध्यक्ष तामाङले आग्रह गरेको छन् ।

शुक्रबार १७ बैशाख, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट