पुष ९, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली समुहले पुर्नगठन गरेको महाधिवेशन केन्द्रीय आयोजक सदस्यमा रामेछापबाट चार जना चयन भएका छन् ।
मन्थली नगरपालिकाका उपप्रमुख माया कार्की, खाँडादेवी गाउँपालिकाका अधयक्ष प्रेम बहादुर तामाङ, नेकपाका नेता तुला प्रसाद कडेल र भुवन घिमिरे रामेछापबाट थपिएका हुन् । नेकपा रामेछापका कार्यालय सदस्य समेत रहेका अध्यक्ष तामाङ केन्द्रीय सदस्यमा चयन भएका छन् ।
बुधवार चारै जना नेता बागमती प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी रहेका थिए । केन्द्रीय महाधिवेशन आयोजक समितिमा चयन भएका चारै जनाले सपथग्रहण समेत गरिसकेका छन् । रामेछापबाट अझै पनि ओली समुहबाट केन्द्रीय सदस्य थपिने सम्भवना रहेको बताइएको छ । आजबाट सातै वटै प्रदेशमा ओली समुहले भेलाको कार्यक्रम सञ्चालन गरेको छ ।
बिहीबार ९ पुष, २०७७