बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

२४ औं बेथान वीरता दिवस मनायो


२४ औं बेथान वीरता दिवस मनायो

सुनौलो रामेछाप


पुष २०, रामेछाप । सुनापती गाउँपालिका–४ बेथानमा नेकपा प्रचण्ड–नेपाल समुहले २४ औं वीरता स्मृति दिवस मनाएको छ । बेथानको चौकी आक्रमण गर्ने क्रममा शहीद हुनुभएका तीन जना शहीदको अर्धकदको शालिक वीरता दिवसको अवसर पारेर अनावण गरिएको छ ।

तत्कालिन नेकपा माओवादीले २०५३ साल पुस १९ गते जनयुद्धको क्रममा बेथानको प्रहरी चौकी कब्जा गरेको थियो । त्यस क्रममा फत्त बहादुर स्लामी, तीर्थ गौतम र दिलमाया बमजनले शहादत प्राप्त गरेका थिए । 

 

बेथानमा बगेको रगतबाट प्राप्त उपब्धिमाथि भइरहेको असंवैधानिक कदमका विरुद्ध शसक्त रुपमा प्रतिवाद गरिने नेकपाका बागमती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहालले आयोजित कार्यक्रममा बताए । 

नेकपा रामेछापका अध्यक्ष मैन कुमार मोक्तान, नेकपाका नेता टंकलाल घिसिङ, सचिव शान्ति पौडेल, सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा, दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान लगायत व्यक्तिको कार्यक्रममा  सहभागीता रहेको थियो । नेकपाले पानीघाटमा शहीद स्मृति पार्क समेत निर्माण गरेको छ ।
 

सोमबार २० पुष, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट