फागुन २५, रामेछाप । रामेछाप न.पा. १ गोठगाउँमा १११औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा फागुन २४ गते वडा समिति महिला सञ्जाल र सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा वडा अध्यक्ष नर बहादुर थापाले महिला दिदी बहिनीहरुले छोटो समयमा कार्यक्रम तय गरेर सफलता पूर्वक सम्पन्न गर्न सफल भएकोमा धन्यवाद दिँदै महिलाहरुको कार्यक्रममा महिला सञ्जाल आफैं निष्कृय भएकोमा गुनासो पोख्नु भएको थियो ।

गोठगाउँ स्वास्थ्य चौकिका इन्चार्ज दामु शेर्पाले अन्तहेरी गोठगाउँका महिला दिदी बहिनीहरु धेरै सक्षम रहेको आफूले महसुस गरेको बताउँदै महिला हक अधिकार मागेर हैन लडेर लिन सक्नुपर्छ । महिला–महिलाहरु एक आपसमा खुट्टा तानातान नगरी एक जुट भएर आफ्नो अधिकारको विषयमा अघि बढ्न सुझाव समेत व्यक्त गर्नुभयो ।
महिला सञ्जालका अध्यक्ष यसोदा सापकोटाको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा वडा अध्यक्ष, स्वास्थ्य चौकी प्रमुख लगायत महिला वडा सदस्य शिर कुमारी श्रेष्ठ, वडा सहायक प्राविधिक दुर्गा बहादुर कठायत, (NRA) पुन निर्माण प्राविधिक अ.स.ई. कल्पना नेपाली, महिला सञ्जालका सचिव राम कुमारी कार्कीले आ–आफ्नो मन्तव्य राखेको जानकारी वडा सदस्य शिर कुमारी श्रेष्ठले सुनौलो रामेछापलाई गराउनुभयो । कार्यक्रमलाई महिला सञ्जालका सदस्य तिलमाया श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

तस्बिरः कल्पना नेपाली
मंगलवार २५ फाल्गुन, २०७७