बुधबार ३ असार, २०८३ (Wednesday June 17, 2026)

रामेछापका प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधि काठमाडौंमा


रामेछापका प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधि काठमाडौंमा

सुनौलो रामेछाप


माघ १, रामेछाप । ललितपुरको होटल हिमालयमा राष्ट्रिय पुननिर्माण प्राधिकरणले आयोजना गरेको ‘उत्थानशील  विकास उन्मुख स्थानीय सरकार’ विषयक गोष्ठीमा रामेछापका आठ वटै स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । 

तीन दिनसम्म चल्ने आवासिय गोष्ठीमा रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगर, मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेत, सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा, खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ, उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार, गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवार र लिखु तामाकोसी गाउँपालिकाका उपाध्यक्ष दिपशिखा दाहाल, प्रमुख प्रशासकीय अधिकृत सहित अन्य जनप्रतिनिधिहरुको सहभागीता रहेको छ । तर गोष्ठीमा दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान भने सहभागी भएका छैनन् ।

एउटा स्थानीय तहबाट प्रमुख, प्रशासकीय प्रमुख र एक जना जनप्रतिनिधि सहभागी रहेका छन् । 

बिहीबार १ माघ, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट