पुष २२, रामेछाप । प्रहरी प्रधान कार्यालय नक्सालले ६९ जना डिएपसीहरुको सरुवागरेसँगै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकको पनि सुरुवा गरेको छ ।
डिएसपी पाठकले रामेछापमा एक बर्षे कार्यकालमा जिल्लाभित्रको शान्ति सुरक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न सफल भएका थिए ।
अब भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत नवराज ढुंगाना जिल्ला प्रहरी कार्यालय रामेछापको नयाँ डिएसपीमा आउने भएका छन् ।
बुधबार २२ पुष, २०७७